मंसिर ८, २०८०
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
हृदयेश्वर !
असीम प्रेम ।
मलाई गोकुलमा एक्लै बनाएर द्वारका प्रवेश गर्नुभएको पनि वर्षौँ भइसकेछ । राधा बिनाको कृष्णलाई सम्हाल्न द्वारकामा रुक्मिणी त होलिन्, किन्तु यहाँ कृष्णबिना राधाको के गति भएको होला ?
हजुरले मलाई छोडेपछि सिङ्गै प्रकृति मेरो विरुद्ध उभिएझैँ लाग्छ । अचेल मेरो हृदयको ब्रह्माण्डमा उदाउँदैन सूरय , मनको वृन्दावनमा फुल्दैन पुष्प , चित्तको बार्दलीमा हजुरको मुहारको बिम्ब बोकेर उदाउँदैन जुन । यमुनाले एउटा भँगालो मेरो आँखातिरै पठाएकी छिन्, बाँसुरी आजभोलि विरहको गीतमात्र गाउँछ, मयूरको नृत्य पनि बेताल-बेतालझैँ लाग्छ अचेल ।
हृदयेश्वर ! एक अर्काको अनुपस्थितिले यादलाई अझ प्रगाढ बनाएर प्रेमलाई चरमोत्कर्षमा पुऱ्याउने रहेछ । वर्तमानको विरहले नपिरोल्ने पटक्कै होइन, तर जब विगतका स्मृतिका पानाहरू पल्टिन थाल्छन्, तब झन् अनुरक्ति प्रगाढ भएर आउँछ । जब स्मृतिहरू हृदयमा सल्बलाउन थाल्छन्, हजुरको न्यास्रोले मर्माहत बनाइदिन्छ, उसै दुनियासँग बेखर हुन थालिहाल्छु । आँखै अघि वर्तमान बनेर विगत नाच्छ थाल्छ । लाग्छ यस स्मृतिको दुनियाँबाट पटक्कै नब्यूझियूँ । यसैमा हराइरहूँ । किन्तु फेर झल्याँस्स हुन्छु । अनि फेरि उही वर्तमानको घोचाइ सुरु हुन्छ ।
ती पलहरू कति मोहक थिए, कति मादक थियो त्यो स्पर्श, कति मधुर थियो त्यो अनुभूति, जब एक अर्काको सामीप्यको रापले गुलाबी हुन्थ्यो एक अर्काको रङ्ग, हजुरका औँलाहरूले मेरा कपालका केस्रा केस्रा चलाउँदा लाग्थ्यो, रौँ-रौँमा जीवन सञ्चार भइरहेको छ, जब निधार हुँदै बिस्तारै अधरसँग अधरको मिलन हुन्थ्यो त्यो पलले अझै पनि सिरिङ्ग गराउँछ, आफ्नो अस्तित्वलाई हजुरको छातीमा बिसाएर टाउको लुकाएको क्षण कति महत्त्वपूर्ण थियो, हजुले आफ्नै हातले प्रेमपूर्वक खुवाएको गाँस अलौकिक अमृतमय थियो, प्रेमका बिन्दुहरू मेरो आँखाबाट निस्किएर जब हजुरको काँधमा खसेका थिए त्यो समय कति आनन्दमय थियो, जब हामी एकान्तमा एक-अर्काका नयनबाट एक-अर्कामा समाहित हुन्थ्यौँ कति मिठा थिए ती क्षण, एकले अर्काको धड्कनको अनुभूति गर्दा कति छिटै बितिजान्थ्याे अनेकौँ घडीको समय एक पलाझैँ । लाग्छ ती हरेक क्षणका स्मृतिको बन्धनमा बाँधिएको छु, जुन बन्धनको छुट्कारा म कहिल्यै नहोस् भन्ने चाहन्छु ।
जब हजुर मलाई सताउनुहुन्छ र रसिला आँखा लिएर मैले तिमीलाई सताएँ है ! भन्नुहुन्छ, ती रसिला आँखाले द्रवित बनाइरहन्छन् बेला-बेलामा । केही बोल्ने कोसिस गर्दागर्दै जब हजुरको गला अवरुद्ध हुन्छ, म स्तब्ध हुन्छु उसै उसै । केही लेखूँ हात काँप्न थालिहाल्छन् उसै । हजुरले मलाई बोल्ने हरेक सम्बोधनका शब्दहरूको स्मृतिमात्र मसित बाँकी छ र पनि स्मृतिकै पानाका अक्षरहरू ध्वनि बनेर कानमा गुन्जिजान्छन् हरेक पटक सम्झिँदा । म तन्द्रामा नै हजुर ! भन्न पुगिजान्छु उसै उसै ।
प्रभु !
हजुरसँग बिताएका प्रत्येक पल मैले हृदयको पानपाते पानामा जतन साथ राखेकी छु । र कसैले नचोरुन् भनेर लगाएकी छु समर्पणको चाबी ।
न त मैले छाडेर छोड्न मिल्छ वृन्दावनको आकाश, न त हजुरको धर्मले नाघ्न दिन्छ द्वारकाको सीमा । अब म स्मृतिको पुस्तकका तिनै अक्षरहरूसित बाँच्नु छ ।
भगवान् !
सांसारिक दुःखले जति सताए पनि हामी अभिन्न हौँ भन्ने हजुरका मन्त्रवत् वाक्यहरूले सहलाइरहेझैँ अनुभूति हुन्छ । तिनै हजुरका अमृतमय वचनहरूले मनको दाह मेट्ने न हुन् । म तिनैसित बानी परेको छु । के भनूँ र ? अरु हजुरलाई यथावत् छ । अस्तु ।
उही हजुरकी
राधा
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...
समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...