०१ असार २०८३, सोमबार

तिलोत्तमाका मेयर र उपमेयरको साथ विष्णु पौडेललाई

फागुन २, २०७७
तिलोत्तमाका मेयर र उपमेयरको साथ विष्णु पौडेललाई

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहमा खुलेका छन् ।

महासचिव विष्णु पौडेलले सामाजिक सञ्जाल फेसबूकमा मेयर वासुदेव घिमिरेसँगको तस्वीर राख्दै ‘साथै छौं, साथै रहनेछौं !’ भनेर लेखेका छन् ।

तिलोत्तमाका मेयर वासुदेव घिमिरे र उपमेयर जागेश्वरदेवी चौधरी ओली समूहमा खुलेका हुन् ।

मेयर घिमिरेले आफूसहित अधिकांश कार्यपालिका सदस्यले महासचिव विष्णु पौडेललाई साथ दिने निधो गरेको जानकारी दिए ।

आइतवार महासचिव पौडेललाई बिदाइ गर्न मेयर घिमिरे, उपमेयरसहित नेताहरू भैरहवा विमानस्थल पुगेका थिए । त्यतिबेला महासचिव पौडेलले तस्वीर लिएर सामाजिक सञ्जालमा राखेका घिमिरेले बताए ।

यसअघि मेयर घिमिरे नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वमन्त्री घनश्याम भुसालको साथमा रहेको चर्चा चल्ने गरेको थियो । रुपन्देहीमा ओली समूहमा पौडेल र प्रचण्ड–नेपाल समूहमा भुसाललाई प्रमुख नेता मान्ने गरिन्छ ।

शनिवार बुटवलमा आयोजित जनसभामा देखिएको व्यापक सहभागिताले महासचिव पौडेलको प्रभाव देखिएका बेला तिलोत्तमाका मेयर घिमिरेले साथ दिएपछि महासचिव पौडेल झन् बलियो हुने चर्चा छ ।

salt training

कमेन्ट गर्नुहोस्