२१ जेठ २०८३, बिहीबार

बूढानिलकण्ठमा २ थान भालुको पित्तसहित १ जना पक्राउ

बूढानिलकण्ठमा २ थान भालुको पित्तसहित १ जना पक्राउ

प्रहरीले २ थान भालुको पित्तसहित १ जनालाई पक्राउ गरेको छ । 

काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–७ विष्णुमती चोकबाट १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्तसहित संखुवासभा चिचिला गाउँपालिका–२ घर भएका ३२ वर्षीय बिगुन राईलाई आइतवार दिउँसो महानगरीय अपराध महाशाखाले पक्राउ गरेको जनाएको छ ।

प्रतिबन्धित भालुको पित्त अवैध रूपमा बिक्रीका लागि लुकाइ ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई भालुको पित्तसहित फेला पारी पक्राउ गरेको महाशाखाले जनाएको छ ।

बरामद भालुको पित्त प्रतिग्राम २५ हजार रुपैयाँ दरले बिक्री गर्ने उद्देश्यले ल्याएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्