
नक्कली डाक्टर बनेर सिफारिस गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३ कान्ति संगममार्ग बस्ने अर्घाखाँची मालारानी गाउँपालिका–८ घर भएका ३६ वर्षीय जितेन्द्र पन्थीलाई आइतवार प्रहरीले पक्राउ गरेको छ ।
नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाण पत्रको लागि निवेदन दिने क्रममा नियम अनुसार आवेदन फाराम भरे पछि फारामको अन्त्यमा काउन्सिलमा स्थायी दर्ता भएका चिकित्सकले दस्तखत गरी प्रमाणित गरी दिनुपर्ने प्रक्रिया रहेकोमा गत असोज ६ गते डा. कृष्ण रिजालको निवेदन फाराममा जितेन्द्रले डा. जितेन्द्र शर्मा, एनएमसी रजिस्ट्रेसन नम्बर २३६४ लेखी सहीछाप गरेकोमा कीर्ते गरेको शंका लागि अनुसन्धान गर्ने क्रममा उनले नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त नगरी सहीछाप गरेको खुल्न आएपछि उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।