२१ जेठ २०८३, बिहीबार

नेपालबारे त्रिपुराका मुख्यमन्त्रीले दिएको अभिव्यक्तिको विरोध

फागुन ४, २०७७
नेपालबारे त्रिपुराका मुख्यमन्त्रीले दिएको अभिव्यक्तिको विरोध

भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देव नेपाल र श्रीलंकाका सम्बन्धमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् ।

फाइल तस्बिर, विप्लवकुमार देवको ट्विटरबाट त्रिपुराको राजधानी अगरतलामा शनिबार भएको पार्टी कार्यकर्ता भेलामा मुख्यमन्त्री देवले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष रहेका बेला अमित शाहले नेपाल र श्रीलंकामा समेत भाजपाको सरकार विस्तार गर्ने योजना सुनाएको खुलासा गरेका थिए ।

देवको उक्त भनाइले शाह नेपालविरुद्ध षड्यन्त्र गर्न लागिरहेको भन्ने देखाउनुका साथै छिमेकी मुलुकको सार्वभौमिकतामै प्रहार गर्न खोजेको भन्दै विपक्षी भारतीय राष्ट्रिय कंग्रेस र वाम पार्टीहरूले विरोध गरेका छन् ।कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्