
बलिउड स्टार आमिर खानको चलचित्र दंगलले तीन दिनमा सय करोडभन्दा धेरै कमाएको छ ।
यो फिल्मले तीन दिनमै बक्स अफिसमा १०६ करोड कमाएको हो । चलचित्र रिलिज पूर्व आमिर आफ्नो फिल्मलाई लिएर चिन्तित देखिएका आमिर अहिले भने खुसी देखिएका छन् ।
फिल्मको प्रदर्शनपछि चलचित्रले राम्रो व्यापार गर्नुका साथै समीक्षक तथा दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया आइरहेको छ । चलचित्रमा आमिर खानका साथै सान्या मल्होत्रा, फतिमा सान्या, साक्षी तनवार लगायतको मुख्य भूमिका छ ।
आमिर खानका यसअघिका चलचित्रले पनि गजनी, धूम ३, थ्री इडियट्स, पिके लगायतका फिल्मले पनि सय करोडका क्लबमा आफूलाई समावेश गराइसकेका छन् ।