
फागुन ७ को प्रजातन्त्र दिवस सम्झिँदै पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र प्राप्तिको ७० वर्षमा पनि नेपालमा द्वन्द्व, विवाद जारी रहेको अभिव्यक्ति दिएका छन् ।
बिहीवार एक विज्ञप्ति जारी गर्दै शाहले नेपाल विश्वमान्य प्रजातन्त्रको सिद्धान्त अनुरुप प्रजातान्त्रिक विधि र व्यवहार अघि बढोस् भन्ने कामना गरेका हुन् ।
'प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि व्यवस्था हो,' विज्ञप्तिमा उनले भनेका छन्, 'विश्वमान्य प्रजातन्त्रको सिद्धान्त अनुरुप नेपालमा प्रजातान्त्रिक विधि र व्यवहार अघि बढोस भन्ने हाम्रो कामना हो ।'
शाहले प्रजातन्त्र प्राप्तिको ७० वर्ष पछि आएर पनि नेपाली प्रजातन्त्रकै विषयमा विवाद द्वन्द्व र बहसमै व्यस्त र ग्रस्त रहेको टिप्पणी गरेका छन् ।
'प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो,' उनले भनेका छन्, 'जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिर रहन्छ र त्यसलाई मेट्न खोजेर, बताएर त्यो मेटिन्न र बटारिन्न ।'
हेर्नुहोस् विज्ञप्ति -
