२२ असार २०८३, सोमबार

‘नियतिले धेरै गर्न दिएन’ भन्दै शिक्षा मन्त्रालयबाट बिदा भए गोपीनाथ मैनाली

‘नियतिले धेरै गर्न दिएन’ भन्दै शिक्षा मन्त्रालयबाट बिदा भए गोपीनाथ मैनाली

शिक्षा मन्त्रालयबाट हालै सरुवा भएका सचिव गोपीनाथ मैनालीले उपराष्ट्रपति कार्यालयको सचिवका रुपमा रमाना बुझेका छन् । उनी शिक्षा मन्त्रालयबाट ५ महिनामै सरुवा भएका हुन् ।
कर्मचारी वृत्तमा इमान्दार छवि भएका उनी छिटोछिटो सरुवामा पर्दै आएका छन् । यद्यपि शिक्षा मन्त्रालयमै पनि आफूले छोटो कार्यकालयमा केही राम्रा काम गरेको मैनालीले दावि गरेका छन् । तर ‘नियतिले धेरै गर्न दिएन’ भन्दै उनले छोटो समयमै गरिएको सरुवाप्रति अनुसन्तुष्टि भने पोखेका छन् ।
‘शिक्षा मन्त्रालयमा धेरै कामहरु थालनी भएका छन्, जस्तो कि विद्यालय क्षेत्र सुधार योजना, संघीयता अनुरुपका कानून निर्माण, शिक्षक समायोजन, संगठन पुनसंरचना, छात्रवृत्ति व्यवस्थापन, नेपाली डायस्पोरासँग नेपाली शिक्षाको सहकार्य र उच्च शिक्षामा छात्रवृत्ति आदि’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘नियतिले धेरै गर्न दिएन । सम्पन्न कामको निरन्तरता र अधुरा कामहरु संस्थात्मक सम्झनाका रुपमा हस्तान्तरण गरेको छु ।’

कोभिडको सन्त्रास, पठन पाठन र कक्षा १२ लगायतका परीक्षाहरु रोकिएको, डा गोविन्द केसीको आमरण अनसन जस्ता जटिल समस्या रहेको समयमा आफू शिक्षा मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेको पनि उनले स्मरण गरेका छन् । अनेकन समस्याका बावजुद ती सवै समस्याहरु एकएक गरी समाधान गर्ने सफलता मिलेको भन्दै उनले सन्तोष व्यक्त गरेका छन् ।
‘शिक्षा नियमावलीको नवौं संशोधन, शैक्षिक सत्र व्यवस्थापन, एसईई परीक्षाको नीतिगत निर्णयजस्ता कामहरु भए । कक्षा ११ को पाठ्यक्रम सम्बन्धी अन्योल पनि समाधान भयो’, उनले  यसकार्यमा आफूलाई मार्गदर्शन मन्त्रीलगायत सबैप्रति आभार प्रकट गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्