
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पुनः संसद पुनःस्थापनामै जोड दिएका छन् । चुनाव, जनमतसंग्रह होस् या संविधान संशोधनका लागि प्रतिनिधिसभा नै पुनस्थापना हुनुपर्ने उनको भनाइ छ । यस्तै उनले अवैधानिक ढंगले नियुक्त आयुक्तबाट कसरी निष्पक्ष चुनाव हुन्छ भन्ने प्रश्न समेत गरेका छन् ।
उनले ट्वीटरमार्फत भनेका छन्–चुनाव,जनमतसंग्रह,संविधान संशोधनको कुरा राम्रो हो।तर१.अवैधानिक ढंगले नियुक्त आयुक्तबाट कसरी निष्पक्ष चुनाव हुन्छ(धारा२८४)?२.संघीय संसदको२/३ले निर्णय नगरी कसरी जनमत संग्रह हुन्छ(धारा२७५)?३.दुवै सदनको२/३ले पारित नगरी कसरी संविधान संशोधन हुन्छ(धारा२७४)?अत:पैले संसद पुनर्स्थापना गरौं!