२५ जेठ २०८३, सोमबार

नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक शुरू

नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक शुरू

पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरू भएको छ ।

बैठकमा निर्वाचन आयोगमा विचाराधीन रहेको पार्टी आधिकारिकताको मुद्दाका बारेमा अध्यक्षद्वयले ब्रिफिङ गर्ने कार्यक्रम छ ।

केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा समसामयीक कुराकानी भएको स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए ।

निर्वाचन आयोगमा लैजाने प्रयोजनका लागि नेकपाले सबै केन्द्रीय सदस्यहरूको नागरिकता र सदस्यता परिचय पत्र संकलन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्