
प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत बृहत नागरिक आन्दोलनको टुँडिखेल प्रवेश गर्ने प्रयास असफल भएको छ ।
टुँडिखेल प्रवेश गर्ने भन्दै रत्नपार्कबाट शुरू भएको नागरिक मार्च टुँडिखेलको पश्चिमतर्फको ढोका बाहिर पुगेको छ ।
टुँडिखेल नेपाली सेनाको नियन्त्रणमा रहने गरेको छ ।
टुँडिखेलको ढोका नखुलेपछि महांकाल मन्दिरको आडमा नागरिक सभा शुरू भएको छ ।
नागरिक सभालाई मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले सम्बोधन गरिरहेकी छन् ।
उनले टुँडिखेल जाने प्रयत्न जारी रहने बताइन् । र्यालीमा सहभागीहरूले टुँडिखेल फिर्ता गर भन्दै नारा लगाएका थिए ।