१० साउन २०८३, आइतबार

ग्लोबल आइएमई बैंकबाट चितवनको ट्राफिक जरिवाना भुक्तानी सेवा शुरू

ग्लोबल आइएमई बैंकबाट चितवनको ट्राफिक जरिवाना भुक्तानी सेवा शुरू

ग्लोबल आइएमई बैंक लिमिटेडले चितवन जिल्लाको ट्राफिक जरिबाना बापत बुझाउनुपर्ने रकम बैंकिङ्ग प्रणालीबाट भुक्तानी गर्ने सेवा शुरू गरेको छ । 

ग्लोबल आइएमई बैंक लिमिटेड र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारी अनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिबाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ । 

चितवनमा आयोजित एक कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले उक्त सेवाको शुभारम्भ गरेका छन् । ग्राहकवर्गको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकले समयसमयमा यस किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । 

बैंकका नारायणगढ शाखाका प्रबन्धक नारायण प्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बैंकले आम जनमानसमा सरल सेवा प्रदान गर्ने बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्