
काठमाडौं, ६ जेठ– काठमाडौं महानगरपालिकाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेले अग्रता कायम गरेको छ । 
पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेदवारले १९८५४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले १३७५५ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेको विवेकशीलकी रञ्जु दर्शनाले ७९३६ मत पाएकी छिन् भने साझा पार्टीका उम्मेदवार किशोर थापाले ५८९१ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवारले २ हजार १ सय ५५ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । उसले १७८९० मत पाएको छ भने राप्रपाले ११३९१ पाएका छन् ।