काठमाडौं, ६ जेठ– स्थानीय तह अन्तर्गत वैशाख ३१ मा सम्पन्न स्थानीय निर्वाचनको मतगणना जारी छ । र, अहिलेसम्म २६२ स्थाननको नतिजा सार्वजनिक भइसकेको छ ।

पहिलो चरणमा भएको चुनावको नतिजा अनुसार नेकपा एमाले १०९ स्थानमा जित हात पार्दै पहिलो स्थानमा छ भने नेपाली कांग्रेस १०० स्थानमा जित हात पार्दै दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ४६ स्थानमा जित हात पार्द, तीन स्थानमा स्वतन्त्र उम्मेदवारले जीत निकालेका छन् । त्यस्तै राप्रपा, नयाँ शक्ति, जनमोर्चा, मजदुर किसान पार्टीले एक/एक स्थानीय तहमा जित निकालेका छन् ।
अब २१ स्थानमा मात्र स्थानीय तहका प्रतिनिधि चयहन हुन बाँकी छ ।