मुगु, ६ जेठ - स्थानिय तह निर्वाचनमा मुगुमा तीनवटामा नेपाली काँग्रेस र एउटामा नेकपा ९एमाले० विजयी भएको छ ।

एक नगरपलिका र तीनवटा गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार छायानाथ रारा नगरपालिकाको नगर प्रमुखमा काँग्रेसका हरिजङ्ग शाही तीन हजार ५६० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जितबहादुर मल्लले तीन हजार ४४१ मत प्राप्त गर्नुभयो ।
नगर उपप्रमुखमा एमालेका सुन्तला रोकायाले तीन हजार २२५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शुरबहादुर बुढाले दुई हजार ९७० मत प्राप्त गर्नुभयो ।
छायानाथ रारा नगरपालिकाको १४ वडामध्ये काँग्रेस सात, एमाले पाँच र माओवादी केन्द्र दुईवटामा विजयी भएको छ । वडा नं १ मा लोकबहादुर धिताल ९एमाले०, २ मा परेगराज चौलागाई ९एमाले०, ३ मा नरबहादुर रावल ९काँग्रेस०, ४ मा विष्णुबहादुर भाम ९काँग्रेस०, ५ मा डम्मर रावल ९एमाले०, ६ मा हर्क ऐडी ९काँग्रेस०, ७ मा हरिचन्द्र शाही ९एमाले०, ८ मा कर्णबहादुर रावल ९काँग्रेस०, ९ मा मणिचन्द्र रोकाया निर्विरोध ९माओवादी केन्द्र०, १० मा धर्मदत्त सावद ९काँग्रेस०, ११ मा दानबहादुर बुढा ९काँग्रेस०, १२ मा सुवाषचन्द्र बुढा ९माओवादी केन्द्र०, १३ मा चक्रबहादुर साउद ९काँग्रेस० र वडा नं १४ मा नन्दलाल बढुवाल ९एमाले० विजयी भएका छन् ।
यस्तै जिल्लाको तीनवटा गाउँपालिकामध्ये कारमारोम गाउँपालिकाको अध्यक्षमा काँग्रेसका छिरिङ क्याप्ने लामा एक हजार १७० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सोनाम छिरिङ लामाले एक हजार २६ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा एमालेका छिरिङ तामाङ एक हजार ६१ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका इटोल लामाले ९१५ मत प्राप्त गर्नुभयो । सो गाउँपालिकाको नौवटा वडामध्ये पाँच वटामा एमाले र चार वटामा काँग्रेस विजयी भएको छ ।
वडा नं १ को वडाध्यक्षमा सोनाम याङ्जी तामाङ ९एमाले०, २ मा कार्मा तामाङ ९माले०, ३ मा लुङडुङ तामा ९काँग्रेस०, ४ मा छिरिङ टासी तामा ९काँग्रेस०, ५ मा छेवाङ ग्याल्जेक तामा ९एमाले०, ६ मा कारमा फुन्जोक लामा निर्विरोध ९काँग्रेस०, ७ मा च्यावा लामा ९काँग्रेस०, ८ मा धोर्पा छिरिङ लामा ९एमाले० र वडा नं ९ को वडाध्यक्षमा सिरु बुढा ९एमाले० विजयी हुनुभएको छ ।
यसैगरी खत्याड गाउँपालिकाको अध्यक्षमा एमालेका उब्जन शाही दुई हजार ३०७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विर्खबहादुर थापाले दुई हजार ३८ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा एमालेका जयनन्द रावलले दुई हजार ३२२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सरिता रोकायाले दुई हजार ३१५ मत प्राप्त गर्नुभयो ।
सो गाउँपालिकाको ११ वडामध्ये एमाले चारवटामा, काँग्रेस र माओवादी केन्द्र तीन÷तीनवटामा तथा स्वतन्त्र उम्मेदवार एउटा वडामा विजयी भएका छन् ।
वडा नं १ को वडाध्यक्षमा मेरबहादुर बुढा ९माओवादी केन्द्र०, २ मा लालबहादुर मल्ल ९एमाले०, ३ मा सुकिन्द बानियाँ ९काँग्रेस०, ४ मा कालीबहादुर रोकाया ९माओवादी केन्द्र०, ५ मा मानसिंह रोकाया ९एमाले०, ६ मा भरतबहादुर शाही ९माओवादी केन्द्र०, ७ मा जयऋषी उपाध्याय ९काँग्रेस०, ८ मा रामबहादुर रावत ९काँग्रेस०, ९ मा नरेन्द्र रोकाया ९स्वतन्त्र०, १० मा तिलकबहादुर रावल ९एमाले० र वडा नं ११ को वडाध्यक्षमा जङ्गबहादुर कार्की ९माओवादी केन्द्र० विजयी भएका छन् ।
यस्तै सोरु गाउँपालिकाको अध्यक्षमा काँगे्रसका लोकबहादुर शाही एक हजार ८५४ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर शाहीले एक हजार ८२१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकी राज्यलक्ष्मी मल्लले एक हजार ८८५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँगे्रसकी रुपा शाहीले एक हजार ५४५ मत प्राप्त गर्नुभयो ।
सो गाउँपालिकाको ११ वडामध्ये एमाले छवटामा, काँगे्रस तीन र माओवादी केन्द्र दुईवटामा विजयी भयो । मुगुमा २७ हजार ४४६ मतदातामध्ये २१ हजार ८८१ जना अर्थात् ७९।७५ प्रतिशतले मतदान गरेका थिए । रासस