२१ असार २०८३, आइतबार

पोखराको स्थगित मतगणना सुरु हुन सकेन

कात्तिक २०, २०७४
पोखराको स्थगित मतगणना सुरु हुन सकेन


पोखरा, ६ जेठ - पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १७ को मतगणनाका क्रममा मतपत्रमा प्रयोग भएको स्वस्तिक छापको आकार साविकको भन्दा फराकिलो देखिएपछि दिउँसोदेखि स्थगित मतगणना अझै सुरु हुन सकेको छैन ।
uml-election
मतगणनाका क्रममा सूर्यमा छाप लगाइएका केही मतपत्रमा साविकको भन्दा फराकिलो आकारको स्वस्तिक छाप प्रयोग भएको पाइएपछि त्यसको छानबिनको माग गर्दै नेपाली काँग्रेससहितका दलका प्रतिनिधि बाहिरिएपछि मतगणना कार्य स्थगित गरिएको थियो ।

मतगणना स्थगित भएपछि निर्वाचन कार्यालयले सर्वदलीय बैठक राखेपनि हालसम्म कुनै सहमति जुट्न नसकेको नेपाली काँग्रेस, कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।

मतपत्रमा प्रयोग भएको स्वस्तिक छाप सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरूलाई विश्वस्त पार्नु आवश्यक रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्