१६ असार २०८३, मंगलबार

वीरगन्ज र विराटनगरलाई महानगर बनाइँदै

कात्तिक २०, २०७४
वीरगन्ज र विराटनगरलाई महानगर बनाइँदै
काठमाडौँ, ७ जेठ- दोस्रो चरणको निर्वाचनअगाडि नै सरकारले तराईका दुई उपमहानगरलाई महानगरमा स्तरोन्नति गर्ने तयारी गरेको छ । विराटनगर र वीरगन्ज उपमहानगरमा थप नगर र गाउँपालिका मिलान गरी महानगर बनाउने तयारी भएको हो, नयाँ पत्रिकामा खबर छ ।

स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाका अनुसार महानगरको मापदण्ड पुर्याउन उपमहानगरसँग जोडिएका गाउँपालिका र नगरपालिकालाई गाभिनेछ । त्यसरी गाभिएपछि घट्ने गाउँपालिका र नगरपालिकाबराबर अरू तह थप गर्ने मन्त्रालयको तयारी छ । तर, कतिवटा गाउँपालिका र नगरपालिका गाभिने भन्ने अझै टुंगो लागेको छैन ।

महानगरपालिकाका लागि तीन लाख जनसंख्या आवश्यक पर्छ । विराटनगर र वीरगन्जमा तीन लाख जनसंख्या पुग्दैन । वार्षिक आम्दानी ४० करोड रुपैयाँ हुनुपर्ने मापदण्ड पनि छ । स्थानीय विकास मन्त्रालयले स्थानीय तहको संख्या ७४४ मा नबढाउने गरी छलफल चलाएको छ । तर, शनिबार त्यसबारे मधेसकेन्द्रित दलहरूसँगको छलफल भने विनानिष्कर्ष टुंगिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्