सुमो एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ११ जना घाइते

प्रतिकात्मक तस्वीर

हेटौंंडा उपमहानगरपालिका–२ चौकीटोलमा मंगलवार बिहानै सवारीसाधन दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

बिहान हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश–३–०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना१ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको थियो ।  


Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौंडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको र  तिनको सामान्य अवस्था छ ।

प्रहरीले दुवै सुमोलाई नियन्त्रणमा लिएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्