०८ असार २०८३, सोमबार

अदुवाको भाउ घटेपछि इलामका किसानमा निराशा

फागुन १२, २०७७
अदुवाको भाउ घटेपछि इलामका किसानमा निराशा
प्रतिकात्मक तस्वीर

अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ ।

गत वर्ष प्रतिमन (४० किलो) ६ हजार रुपैयाँसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन १ हजार रुपैयाँ मात्र हुँदा किसान निराश भएका हुन् ।

गत वर्ष उल्लेखीय भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् । गत वर्ष मात्र होइन बीउ अदुवाको सिजनमा पनि भाउ उल्लेखीय थियो ।

पछिल्लो समय भारतीय बजारमा अदुवा सस्तिएसँगै यस वर्ष भाउ कम आएको हो ।

गत वर्ष अदुवाले मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिकाका किसान गिरिजा खनालले सदाको भन्दा धेरै खेती गरेका थिए । यस वर्ष ह्वात्तै भाउ घट्दा अदुवाको लागत मूल्यसमेत नउठेको खनाल बताउँछन् ।

अदुवाको भाउ सधैं अस्थिर हुन्छ । १ वर्ष आए अर्का वर्ष नआउने भएकाले सोचेझैं आम्दानी लिन सकिएको छैन । यहाँ उत्पादन हुने ठूलो परिमाण भारत निकासी हुन्छ ।

अन्य खेती विस्थापित गरेर अदुवा खेती लगाए पनि श्रम मूल्य नपाउँदा निरास हुनुपरेको फाकफोकथुमकै अर्का किसान गुरुभक्त नेपाल बताँछन् ।

अघिल्लो वर्ष भारतले निकासीमा अवरोध गरेपछि उत्पादित निर्यातमा समस्या थियो । व्यावसायिक किसानको सावाँसमेत नउठेपछि धेरैले यस वर्ष अदुवा खेती नै गरेका छैनन् । अदुवा फागुन, चैत महिनामा रोपिन्छ । रोपिएको बीउ अदुवा नै माउको रूपमा झिकेर बेच्ने गरिन्छ ।

गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । विगत वर्षदेखि नै इलामको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ ।

भारतकै कारण यस वर्ष भाउ नआएको इलाम नगरपालिकास्थित बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेल बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्