०७ साउन २०८३, बिहीबार

किन शतप्रतिशत घट्यो निफ्राको शेयरमूल्य ?

फागुन १२, २०७७
किन शतप्रतिशत घट्यो निफ्राको शेयरमूल्य ?

बुधवार नेपाल स्टक एक्सचेञ्जको सिस्टममा समस्या देखिएको छ ।

प्राविधिक समस्याका कारण बुधवार नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर मूल्य १०० प्रतिशत घटेको देखिएको छ । 

२० करोड कित्ता शेयर सूचीकृत भएको सो बैंकको शेयरमूल्य ५९४ रुपैयाँ घट्दा समग्र नेप्से पनि घट्न पुगेको छ ।

टिएमएसमा देखिएको समस्याका कारण नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य शतप्रतिशतले घटेपछि कारोबार बन्द भएको छ।

ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा बैंकको शेयर कारोबार बन्द भए पनि अन्य कम्पनीको भने शेयर कारोबार भइरहेको छ।

नेपाल स्टक एक्सचेञ्जले भने टिएमएसमा समस्या देखिएपछि समाधानको प्रयास गरिरहेको जनाएको छ।

समाचार तयार पार्दासम्म नेप्से परिसूचक ६०.२१ अंकले घटेको देखिएको छ । 

 


 

salt training

कमेन्ट गर्नुहोस्