×

NMB BANK
NIC ASIA

ओली पक्षका प्रवक्ताले भने– 'पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रयास जारी नै छ'

फागुन १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रयास जारी रहेको बताएका छन् ।

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बुधवार बसेको नेकपा ओली पक्षको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रवक्ता ज्ञवालीले यस विषयमा नयाँ ढंगले छलफल अगाडि बढ्ने विश्वास व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'पार्टी एकताको पक्षमा हामी सदैव रह्यौं । पार्टी एकतालाई ध्यानमा राखेर नै हामीले कसैलाई पनि कारवाही गरेका छैनौं । यसबीचमा गम्भीर राजनैतिक र वैचारिक मतभिन्नता भए, तर पनि पार्टीलाई एकताबद्ध बनाएर लैजान सकियोस् भन्ने हाम्रो प्रयास जारी छ,' ज्ञवालीले भने ।


Advertisment
Nabil box
Kumari

उनले थपे, 'नयाँ ढंगले छलफलहरू अगाडि बढ्लान् । जो साथीहरू बाहिरिनुभाछ, उहाँहरूका ठोस प्रस्ताव पनि होलान् । एकता अमूर्त कुरा त होइन । त्यसका केही मूर्त कुराहरू होलान् । राष्ट्रिय राजनीतिलाई अगाडि लैजाने कुरामा उहाँहरूको बुझाइ के हो ?'

Vianet communication
Laxmi Bank

व्यक्तिगत तहमा नेकपा प्रचण्ड-नेपाल पक्षका नेताहरूसँग पनि कुराकानी भैरहेको उनले स्वीकारे ।

'व्यक्तिगत तहमा सम्पर्क, सम्बन्धहरू भइरहेका छन्, तर औपचारिक छलफलचाहिँ भा'छैन,' ज्ञवालीले भने ।

उनले प्रचण्ड-नेपाल पक्ष कांग्रेससँग सत्ता साझेदारी गरेर अगाडि बढे एकताको ठाउँ बाँकी नरहने बताए ।

'नेपाली कांग्रेससँग सत्ता समीकरणका बारेमा छलफल चलेको छ भन्ने पनि सुनेका छौं । छलफल चल्नुलाई हामी अस्वाभाविक मान्दैनौं तर त्यही बाटोमा हिँड्ने हो भने एकताको ठाउँ त कहाँ बाँकी रहलान् र ?' ज्ञवालीले भने ।

बैठकले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला कार्यान्वयन गरेर अघि बढ्ने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x