२४ असार २०८३, बुधबार

फागुन २२ गतेदेखि काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता आयोजना हुँदै

फागुन १२, २०७७
फागुन २२ गतेदेखि काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता आयोजना हुँदै

आगामी फागुन २२ गतेदेखि ‘काठमाडौं मेयर कप–२०७७’ क्रिकेट प्रतियोगिता हुने भएको छ । 

काठमाडौं महानगरपालिकाको सहयोगमा फागुन २२ गतेदेखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने नेपाल क्रिकेट संघका सचिव असोक नाथ प्याकुरेलले जानकारी दिएका छन् । 

प्रतियोगिता टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । 

गत माघ २ गतेदेखि १७ गतेसम्म सम्पन्न भएको प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका ४ वटा सेमिफाइनलिस्ट टिमहरूसँगै काठमाडौं महानगरपालिकाको टिमले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । 
सेमिफाइनलिस्ट टिममा त्रिभुवन आर्मी क्लब, एपीएफ, नेपाल पुलिस क्लब र बागमती प्रदेश रहेका छन् । 

काठमाडौं महानगरपालिकाको टिममा प्रदेश नम्बर १, प्रदेश नम्बर २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको संयुक्त टिम हुनेछन् । 
  
 

salt training

कमेन्ट गर्नुहोस्