३० असार २०८३, मंगलबार

प्रचण्ड र माधव नेपालको नेतृत्वमा सरकार बन्ने सम्भावना शून्य बराबर : सूर्य थापा

फागुन १३, २०७७
प्रचण्ड र माधव नेपालको नेतृत्वमा सरकार बन्ने सम्भावना शून्य बराबर : सूर्य थापा

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड र माधव नेपालको नेतृत्वमा सरकार बन्ने सम्भावना शून्य बराबर रहेको टिप्पणी गरेका छन् ।

बिहीवार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै सल्लाहकार थापाले प्रचण्ड र नेपालको नेतृत्वमा सरकार बन्ने सम्भावना असम्भव रहेको बताए ।

उनले लेखेका छन्, ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रित्व) मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात् असम्भव नै छ । यो गोरु ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो ! कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरु हेर्दै जाऔं !’

पुष्पकमल दाहाल "प्रचण्ड" र माधवकुमार नेपालकाे नेतृत्व(प्रधानमन्त्रित्व)मा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर,...

Posted by Surya Thapa on Wednesday, February 24, 2021

salt training

कमेन्ट गर्नुहोस्