३० जेठ २०८३, शनिबार

अदालतको अवहेलनासम्बन्धी मुद्दामा पूर्वसभामुख दमननाथ ढुङ्गानाले दिए जवाफ

फागुन १३, २०७७
अदालतको अवहेलनासम्बन्धी मुद्दामा पूर्वसभामुख दमननाथ ढुङ्गानाले दिए जवाफ

अदालतको अवहेलनासम्बन्धी मुद्दामा पूर्वसभामुख दमननाथ ढुङ्गानाले आफूले न्यायसम्पादनमा असर पर्ने गरी कुनै अभिव्यक्ति नदिएको बताएका छन् ।
      
सर्वोच्च अदालतमा आज  उपस्थित भएर उनले बुझाएको लिखित जवाफमा प्रतिनिधिसभा विघटनका विषयमा आफूले स्वतन्त्र अभिव्यक्ति दिएको तर अदालतको न्यायसम्पादनमा कुनै पनि दबाब र अवरोध नगरेको उल्लेख छ ।
      
अधिवक्ता राजाराम घिमिरेले प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा अदालतको विचारधीन मुद्दामा प्रभाव पार्नेगरी अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलनामा ढुङ्गानाविरुद्ध मुद्दा दायर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्