२० असार २०८३, शनिबार

स्वदेशी बैंकबाटै एक सय मेगावाटको आयोजनामा ऋण लगानी

फागुन १४, २०७७
स्वदेशी बैंकबाटै एक सय मेगावाटको आयोजनामा ऋण लगानी

एक सय मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ ।
गोरखा र चितवनको दोसाधस्थित त्रिशूली नदीमा ब्ल्यू इनर्जी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाका लागि ऋण लगानी सम्झौता भएसँगै लगानी जुटेको हो । स्वदेशी बैंक तथा वित्तीय संस्थाहरुबाटै ऋण लगानी जुटेका एक सय मेगावाटभन्दा माथिका कम आयोजनामध्ये निजी क्षेत्रबाट प्रवद्र्धित सुपर त्रिशूली पनि एक ठूलो आयोजना हो । यसअघि १६० मेगावाटको निजी क्षेत्र प्रवद्र्धित एक आयोजनाले हालै लगानी जुटाएको थियो ।
सराफ समूहको समेत लगानी रहेको ब्ल्यू इनर्जीमा नेपाल इनभेष्टमेन्ट बैंकको अगुवाईमा ७ बैंकले ऋण लगानी गर्न प्रतिबद्धता जनाएका छन् । आयोजनामा आयोजनाको प्रवद्र्धक कम्पनीका कार्यकारी निर्देशक बरुण सराफ र बैंकहरूका प्रतिनीधिहरुबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो । सरफ समूहको २३।५ मेगावाटको सोलु जलविद्युत आयोजनामा पनि लगानी छ ।
१६ अर्ब २४ करोड ६६ लाख रुपैयाँ कुल लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत अर्थात १२ अर्ब १८ करोड ४९ लाख ऋण नेपाल इन्भेष्टमेन्टसहित कुमारी, ग्लोबल आइएमई, एभरेष्ट बैंक, हिमालयन, नेपाल एसबीआई र नबिल बैंकले ऋण लगानी गर्दैछन् ।कारोबार दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्