०३ असार २०८३, बुधबार

प्रचण्ड–नेपाललाई जसपाको जवाफ - पार्टीको कित्ता प्रस्ट पारेर आउनुस्

फागुन १४, २०७७
प्रचण्ड–नेपाललाई जसपाको जवाफ - पार्टीको कित्ता प्रस्ट पारेर आउनुस्

जनता समाजवादी पार्टीले कानुनी रूपमा एक तर व्यवहारमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहलाई सत्ता समीकरणबारे छलफल गर्नुअघि पार्टीको कित्ता प्रस्ट पार्न आग्रह गरेको छ।  

दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नयाँ सत्ता समीकरणमा सहकार्य गर्न प्रस्ताव गरेपछि जसपाका नेताहरूले पहिला पार्टीको कित्ता प्रस्ट पार्न आग्रह गरेका हुन्। उनीहरूबीच बिहीबार बिहान नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा कुराकानी भएको हो। यसअघि बुधबार दाहाल र नेपालले नयाँ सत्ता समीकरणमा सहकार्य गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका थिए।  

स्रोतका अनुसार दाहाल र नेपालले नयाँ सत्ता समीकरणमा सहकार्यको प्रस्ताव गरेपछि जसपाका नेताहरूले सुरुमै प्रश्न गरेका थिए, ‘अहिलेसम्म तपाईंहरू एउटै पार्टी (नेकपा) मा हुनुहन्छ। पहिले तपाईंहरूले आफ्नो पार्टी कुन हो प्रस्ट पार्नुहोस्।’ वार्तामा सहभागी जसपा नेता राजेन्द्र महतोको अनुसार दाहाल र नेपालले नयाँ बन्ने सत्ता समीकरणमा आफूहरूलाई समर्थन गर्न प्रस्ताव गरेका थिए। ‘प्रतिगमन भयो भन्नेहरू र अग्रगमनकारी भन्नेहरू अहिले पनि एउटै पार्टीमा हुनुहुन्छ।  पहिले तपाईंहरूले आफ्नो पार्टीको कित्ता प्रस्ट पार्नुहोस् भनेर हामीले भन्यौं’, महतोले भने, ‘कित्ता प्रस्ट नभईकन नयाँ बन्ने समीकरणबारे कसरी छलफल गरौं भन्ने हाम्रो भनाइ रह्यो।’ वार्तामा जसपाबाट महतो, महन्थ ठाकुर र राजेन्द्र श्रेष्ठ सहभागी थिए। नागरिक दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्