समाजवादोउन्मुख अर्थतन्त्र निर्माणमा अग्रसर हुन राष्ट्रपतिको आग्रह

फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर भइरहेको सन्दर्भमा संविधानले परिकल्पना गरेको समाजवादोउन्मुख अर्थतन्त्र निर्माणका दिशामा लाग्न आग्रह गरेकी छन् ।

शान्ति, अहिंसा, लोकतन्त्र र मानवअधिकारका क्षेत्रमा विशिष्ट योगदान पुु¥याउने व्यक्तित्वलाई राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित सम्मान समारोहमा उहाँले सादा जीवन उच्च विचारका धनी महेन्द्रनारायण निधिले अगाँलेको निष्ठाको राजनीति सबैका लागि स्मरणीय रहेको उल्लेख गरिन् ।


Advertisement

निधि प्रतिष्ठाको योगदानको खाँचो औल्याउँदै राष्ट्रपति भण्डारीले भनिन्, 'निधिको निष्ठापूर्ण जीवन आर्दशको अनुसरण गर्ने भावना हामी सबैमा रहोेस् ।'

जनताको हकअधिकार स्थापना गर्न सधैँ अग्रपङ्क्तिमा रहेर सङ्घर्ष गरेका महेन्द्रनारायण निधिले प्राप्त प्रजातन्त्र र नागरिक अधिकारको संरक्षण एवं सम्वद्र्धनमा आफूलाई जीवनभर समर्पित गरेको राष्ट्रपतिले बताइन् ।

राष्ट्रपति भण्डारीले भनिन्, 'विचारअनुसारको व्यवहार र वचनअनुसारको कर्मका विशिष्ट उदाहरणका रूपमा रहनु भएका निधिबाट आजका र भावी पुस्ताले शिक्षा लिनुपर्छ ।'

राष्ट्रिय एकता एवं सामाजिक सद्भाव र सहिष्णुताको भावनालाई मजबुत बनाउन स्व निधिले राष्ट्रिय राजनीतिमा निर्वाह गर्नुभएको भूमिका सधैँ उल्लेखनीय रहिरहने बताउँदै राष्ट्रपति भण्डारीले राष्ट्रिय दृष्टिकोण बोकेका निधि आम नेपालीको नेता रहेको बताइन् ।

सो अवसरमा २०७६ र २०७७ सालको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार क्रमशः वरिष्ठ पत्रकार होमनाथ दाहाल र साहित्यकार डा रामदयाल राकेश तथा प्रेमसागरीदेवी निधि पुरस्कार लोकतन्त्रका अभियन्ता काशीदेवी झा र सामाजिक अभियन्ता गिरिराजकुमारी (ज्ञानु) प्रसाईँलाई प्रदान गरियो ।

दुवै पुरस्कारका राशी जनही रु एक लाख छ । झा दुर्गानन्द झाकी धर्मपत्नी र प्रसाईँ समाजवादी चिन्तक सीके प्रसाईकी धर्मपत्नी हुन् ।

शान्ति, अहिंसा, समुदायका बीचमा सद्भावना, लोकतन्त्र र सामाजिक न्यायका लागि अथक अभियन्ता निधिको स्मृतिमा २०५८ सालमा स्थापित महेन्द्र नारायण निधिले २०७० सालदेखि ती दुई पुरस्कार प्रदान गर्दै आएको छ ।

सो अवसरमा नेपाली काँग्रेसका उपसभापति एवं निधि प्रतिष्ठानका मानार्थ अध्यक्ष विमलेन्द्र निधिले जनताको अपनत्व नभएसम्म परिवर्तनले स्थायित्व नपाउने भएकाले अहिलेको राजनीतिक विवादको निकास संसद्बाटै खोज्ने प्रयास गर्ने बताए ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्