
बाँके ७ जेठ–जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि बाँकेमा दलहरुले प्रचार प्रसार दलरुले सुरु गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपलिकाको मेयरका लागि राप्रपाका उम्मेदवार डा धवल शम्शेर राणाले चुनावी प्रचार प्रसारलाई तीब्र बनाएका छन् ।
गत संविधानसभा निर्वाचनमा नेपाली काग्रेसका तत्कालिन सभापति सुशील कोइरालालाई टक्कर दिएका राणा मेयरका बलिया उम्मेदवार मानिन्छन् । राप्रपा महामन्त्री समेत रहेका राणाले घरदैलो कार्यक्रमलाई तीब्र बनाएका छन् । तस्वीरः ऋषिराज देवकोटाको ट्वीटर