१३ असार २०८३, शनिबार

श्रीलंकाको जेलमा २६ महिला रहेको खुलासा

फागुन १६, २०७७
श्रीलंकाको जेलमा २६ महिला रहेको खुलासा

संगठित मानव तस्करको जालोमा परेर खाडी देश  जान भन्दै हिँडेका २६ महिला श्रीलंकाका विभिन्न जेलमा परेपछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धारको प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले यसअघि नै संगठित मानव तस्करको फन्दामा परेर जेलमा परेका १० महिलालाई उद्धार गरी परिवारसँग भेट गराइसकेको छ ।

मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले जेलमा रहेका २६ महिला कहिले छुट्छन् भन्नेबारे कोलोम्बोस्थित नेपाली दूतावासले निरन्तर समन्वय गरिरहेको बताए । उनका अनुसार जेलमा रहेकामाथि अध्यागमन नियम उलंघन लगायतका विषयमा अदालतमा मुद्दा चलिरहेको छ । कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्