
काठमाडौं, ७ जेठ — उत्तर कोरियाले आइतवार पहिचान खुल्न बाँकी एक प्रक्षेपक (प्रोजेक्टाइल) प्रहार गरेको दक्षिण कोरियाली सेनाले बताएको छ ।

दक्षिण कोरियाको अफिस अफ ज्वाइन्ट चीफ्स अफ स्टाफले एक विज्ञप्ति जारी गर्दै प्रोजेक्टाइल आइतवार अपराह्न पुकचाङनेर प्रहार भएको बतायो ।
उक्त प्रक्षेपक लगभग ५०० किलोमिटर पर पुगेर पूर्वीय तटको पानीमा खसेको दक्षिण कोरियाली सेना बताउँछ । दक्षिण कोरिया र अमेरिकाले मिलेर यसको विश्लेषण गरिरहेका छन् ।
योनहाप समाचार संस्थाले अज्ञात स्रोतलाई उद्धृत गर्दै यो अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र नभएको बतायो ।
उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र कार्यक्रम बन्द गर्नका लागि गरिएका सबै आह्वानलाई अटेरी गरेको छ । यो सबै आत्मरक्षाका लागि गरिएको उसले बताउँदै आएको छ ।
रोयटर्सबाट