२० असार २०८३, शनिबार

मोदीमाथि बर्सिए राहुल गान्धी, भन्छन्– अंग्रेजलाई त भगायौं, मोदी को हुन् र ?

फागुन १६, २०७७
मोदीमाथि बर्सिए राहुल गान्धी, भन्छन्– अंग्रेजलाई त भगायौं, मोदी को हुन् र ?

विधानसभा निर्वाचनको मिति घोषणा भएपछि आइतवार तमिलनाडु पुगेका भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि प्रहार गरेका छन् । 

भाजपाको शासनकालमा धनी र गरीबको असमानता निकै बढेको उनले बताए । 
 

तिरुनेलवेलीमा शिक्षकहरूसँग वाद गर्दै राहुलले बताए, ‘हामी यसभन्दा अघि निकै शक्तिशाली शत्रुलाई हराएका थियौं । अंग्रेजहरू नरेन्द्र मोदीभन्दा बढी शक्तिशाली थिए । बेलायती राजको तुलनामा मोदी कोही पनि हैनन् । यस देशका मानिसले अंग्रेजहरूलाई उनीहरूकै देश पठाएका थिए । त्यसैगरी हामी पनि मोदीलाई नागपुर पठाइदिन्छौं । हामी यो काम घृणा, क्रोध र हिंसा विना नै सम्भव पार्छौं । उनी हामीमाथि जे गर्छन्, गरून् । हामीलाई गाली गरून्, कुटून्, मुखमा थुकून् । हामी उनीसँग यस्तो व्यवहार गर्ने छैनौं ।’
 

salt training

कमेन्ट गर्नुहोस्