२२ असार २०८३, सोमबार

कांग्रेस/एमालेले चुनाव जित्दैछन्, रञ्जु र किशोरले मन !

कात्तिक २०, २०७४
कांग्रेस/एमालेले चुनाव जित्दैछन्, रञ्जु र किशोरले मन !
काठमााडौं, ७ जेठ - निकै आक्रमक तरिकाले राजनीतिमा आएका विवेकशील पार्टी र साझा पार्टीलाई यसपालीको निर्वाचन खासै फापेन ।

उनीहरुले आफूहरूको सुरुवाती इनिङ स्वरुप काठमाडौंको मेयर तथा उप मेयर पदमा उम्मेदवारी दिएका थिए । उक्त चुनाव विवेकशील वा साझा पार्टीका उम्मेदवारले जित्ने सम्भावना लगभग सकिएको छ ।

विवेकशीलले २१ वर्षकी युवतीलाई काठमाडौंबाट उठाएको थिायो । साझाले एक पूर्व प्रशाशक किशोर थापालाई काठमाडौंको मेयरमा उम्मेदवार बनाएको थियो । साझाले त काठमाडौं र ललितपुर दुबै महानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार उठाएको थियो ।

ललितपुरमा साझाकी उप मेयरकी उम्मेदवारले कांग्रेसकी उप मेयरकी उम्मेदवारलाई पक्ष्याइरहेकी छन् । तर धेरैथरि विश्लेषण सुन्दा विवेकशील वा साझाका कुनैपनि उम्मेदवारले यसपालीको चुनाव जित्दैनन् भन्ने लगभग पक्का भएको छ ।

काठमाडौंमा मेयर उठेका विवेकशीलकी रञ्जु र साझाका किशोरलाई निक्कै महत्वको साथ हेरिएको थियो । संगठनात्मक आधार कमजोर भएपनि उनीहरु यसपालीको निर्वाचनका चर्चित उम्मेदवार बने । दुर्भाग्य उनीहरु दुबै चुनावी मैदानमा हार बेहोरेर घर फर्कने सम्भावना छ ।

उनीहरुले चुनाव हार्दै छन् । चुनावमा हारजित त भइहाल्छ नै । उनीहरुले एक नम्बर बन्ने मत ल्याउन नसकेको कारणले मेयर बन्नबाट चुके । रञ्जु र किशोरले मिलेर चुनावी प्रतिस्पर्धामा गएको भएपनि उनीहरुले चुनाव जित्ने सम्भावना हुन्थ्यो भनेर धेरै जनाले विश्लेषण पनि गर्न थालेका छन् ।

जे होस्, उनीहरुले चुनाव हार्लान् । काठमाडौंमा चुनाव त कांग्रेस एमालेले नै जित्दै छन् । तर रञ्जु र किशोरले चुनाव नजितेपनि मन चाहिँ पक्कै जितेका हुन् ।

हाेइन भने यति धेरै भाेट कसरी ?

काठमाडौंका जनता मात्रै होइन देशको चरम बेथिती, विकास निर्माणको सुस्त गति र राजनीतिक अस्थिरताको कारणले नयाँ वैकल्पिक शक्तिको बारेमा सोंचिरहेका रहेछन् भनेर विश्लेषण गर्न अब गाह्रो परेन ।

उनीहरुले बैकल्पिक राजनीतिको विषयलाई यसपाली थप पेचिलो बनाइदिए । उनीहरुले चुनाव जित्ने मात्रै होइन जनमत नै जफत हुन्छ भनेर हल्ला गर्नको ओठ पनि बन्द गराइदिएका छन् ।

एक जना पूर्व प्रशाक, जसले चुनाव लड्ने विचार गरे । सफा छबि भएका उनलाई मतदाताकोमा जान गाह्रो भएन । धेरैले आशा गरेर भोट पनि दिए । धेरैले सुवेच्छाको भोट पनि दिए । तर थापाले नजित्ने लगभग पक्का भएको छ । थापा आफैले लगभग हार स्वीकारेका छन् ।

हार त रञ्जुलेपनि स्वीकारेकी होलिन् तर उनले अहिले सम्म हार स्वीकारेको अभिव्यक्ति बाहिर दिएकी छैनन् । एउटी २१ वर्षकी तन्नेरी युवतीलाई धेरैले सुवेच्छाको भोट हाले ।

एमालेले २५ हजार भोट ल्याउँदै गर्दा कांग्रेसले १७ हजार भोट ल्याएको छ । यही समयमा रञ्जुले १० हजार भोट ल्याएकी छन् । किशोरले साढे सात हजार भोट ल्याएका छन् ।

सांगठनिक आधारनै कमजोर भएका यी दुई उम्मेदवारले यति धेरै भाट ल्याउनुलाई कम आँक्नु हुँदैन । चुनाव नजित्लान त्यो फर पाटो हो तर उनीहरुले मन चाहिँ पक्कैपनि जिते ।

काठमाडौंमा एमालेका मेयरले अग्रता कायम गर्दै गर्दा कांग्रेसकी उप मेयरले अग्रता कायम गरेकी छन् । यो अग्रतामा पछि मत गणना हुँदै गर्दा फेरबदल हुन पनि सक्यो ।

तर यसले के देखाउँछ भने, रञ्जु र किशोरले मन जिते, कांग्रेस एमालेले चुनाव जित्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्