१० साउन २०८३, आइतबार

अब टेम्पोमा पनि क्यूआर कोडबाटै भाडा तिर्न सकिने, मेगा बै‌ंकले शुरू गर्‍यो सेवा

फागुन १७, २०७७
अब टेम्पोमा पनि क्यूआर कोडबाटै भाडा तिर्न सकिने, मेगा बै‌ंकले शुरू गर्‍यो सेवा

अब टेम्पोमा यात्रा गर्ने यात्रुहरुले पनि क्यू आर कोडबाटै रकम भुक्तानी गर्न सकिने भएको छ । 

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा संचालित टेम्पोमा क्यूआर कोडबाटै रकम भुक्तानी गर्ने ब्यवस्था मिलाएको हो । 

डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रबद्र्दन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ ।

काठमाडौं उपत्यकाका टेम्पो चालकहरुमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर बिस्तार गरिने बैंकले जनाएको छ । 

यसैगरी, टेम्पो चलाएर गुजारा चलाउँदै आएका महिलाहरुलाई आर्थिक उपार्जनमा थप टेवा मिलोस् भन्ने उद्देश्यले बैंकले यसअघि नै सहुलियत कर्जा सुविधाको ब्यवस्था गर्दै आएको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्