०९ असार २०८३, मंगलबार

विप्लव पार्टी शान्तिपूर्ण राजनीतिमा आउने प्रक्रियामा छ : प्रवक्ता गुरुङ

फागुन १७, २०७७
विप्लव पार्टी शान्तिपूर्ण राजनीतिमा आउने प्रक्रियामा छ : प्रवक्ता गुरुङ

सरकारका प्रवक्ता सञ्चार, तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीतिमा आउने प्रक्रियामा रहेको जानकारी दिएका छन् ।

सोमवार आयोजित सरकारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ताले विप्लवसँगको वार्ता नजिक–नजिक भइरहेको बताए ।

‘कुनै पनि हिंसात्मक गतिविधि नगरौ भन्ने नेपाल सरकारको आह्वान हो, सबै मूलधारमा आउनुपर्छ,’ उनले भने, ‘विप्लव पार्टी पनि शान्तिपूर्ण राजनीतिमा आउने प्रक्रियामा छ । वार्ता नजिक नजिक भइरहेको छ । वार्ताको टुंगो लाग्ने बेला सार्वजनिक हुनेछ । सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो ठाउँबाट आह्वान गर्नुभएको छ । वार्ता अगाडि बढेको हामीले अनुभूति गरेका छौं ।’

सरकारले विप्लव पार्टीलाई शान्तिपूर्ण बाटोमा आउन पुनः आह्वान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्