२२ असार २०८३, सोमबार

धादिङमा महिलालाई जिउँदै पुरेर स्काभेटर चालक भागे

फागुन १८, २०७७
धादिङमा महिलालाई जिउँदै पुरेर स्काभेटर चालक भागे
फाइल तस्बिर

स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किँदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो । ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् ।

तर स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उद्दार गर्नुको साटो कुमाल खसेको खाल्डो वरिपरिको माटो खनेर पुरिदिएका थिए ।
काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले स्काभेटरले मान्छे पुर्यो भन्दै हल्ला गरेपछि चालक भागेका थिए । पछि खाल्डो खनेर कुमालको शव झिकिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्