
पशुपतिनाथ परिसरमा हरेक साँझ हुने आरतीमा युवापुस्ता मग्न हुनेदेखि ध्यान (मेडिटेसन) गर्नेहरूको भीड लाग्ने गरेको पाइएको छ । पीडा समस्या भुल्न तथा मनमा आनन्दका लागि हिन्दु धर्मका साथै बुद्ध, क्रिस्चियन धर्मावलम्बी युवावर्ग बेलुका पशुपति बागमती किनारामा पुग्ने गरेका छन् ।
दुःखी सुख र सुखी अझ सुख खोज्न आउने ठाउँ पशुपतिनाथको मन्दिर भएकोमा २२ वर्र्षीय अनुप नेपालीले भने, ‘हप्ताको एक पटक भए पनि मनमा शान्ति हुने अपेक्षा गर्दै सन्ध्या आरतीमा आउँछु । यहाँ आउँदा सानो ठूलो जातको कुरा हुँदैनध्र आरतीको सुमधुर धुनसँगै गरिने मेडिटेसनले सबै हराउँछ ।’ गोरखापत्रमा खबर छ ।