२० असार २०८३, शनिबार

नेपाल–भारत सीमामा कश्मीरी आतंकवादीहरूको गतिविधि बढेको भारतीय सञ्चारमाध्यमको दाबी

फागुन १८, २०७७
नेपाल–भारत सीमामा कश्मीरी आतंकवादीहरूको गतिविधि बढेको भारतीय सञ्चारमाध्यमको दाबी

भारतको जम्मु कश्मीरका केही कुख्यात आतंकवादी संगठनहरूले नेपाल र भारतको सीमा क्षेत्रमा आतंकवादमा लगानी गर्नका लागि काम गरिरहेको भारतीय सञ्चारमाध्यमले खबर दिएका छन् । 
 

सुरक्षाबलहरूले गरेको आरम्भिक छानबिनमा बिहारी युवालाई नेपालबाट जम्मु कश्मीरमा नक्कली भारतीय मुद्रा पुर्‍याउन कमिसनका रूपमा राम्रो पैसा दिने गरिएको खुलासा भएको छ । 

एक आरोपित मोहम्मद परवेजसँग सोधपुछका क्रममा यो खुलासा भएको हो । 
 

परवेजलाई अररिया जिल्लामा नेपाल भारत सीमा नजिक चौकी क्षेत्रमा एसएसबीले समातेको हो । उनबाट ५००.६५ लाख नक्कली भारु जफत गरिएको छ । 
 

केरकारका क्रममा परवेजले जम्मु कश्मीर तथा महाराष्ट्रका केही मानिसको बैंक खातामा निजी बैंकहरूको ग्राहक सेवा विन्दुको प्रभारीमार्फत पैसा जम्मा गर्ने गरेको बताए । प्रहरीले परवेजको मोबाइल जफत गरेको छ र त्यसमा अकाउन्ट नम्बर पनि पाइएको छ । 

एसएसबीको ५२औं बटालियनका सेकेन्ड कमान्डर ब्रजेश कुमार सिंहले परवेजलाई नेपालबाट भारतीय क्षेत्रमा मोटरसाइकल चढेर प्रवेश गर्दै गर्दा पक्राउ गरिएको बताए । प्रहरीलाई देखेर भाग्ने कोशिश गर्दा पछ्याएर पक्राउ गरिएको थियो । 
 

अररिया जिल्लाको सिकटी थाना क्षेत्र अन्तर्गत वडा नम्बर १३ मा बस्ने परवेजलाई आरम्भिक सोधपुछपछि जिल्ला प्रहरीसमक्ष सुम्पिइएको थियो । 
 

सिकटी प्रहरी चौकीका थानेदार ओमप्रकाशका अनुसार, परवेजले मोरङको रंगेलीमा एक गहना व्यापारीबाट नक्कली भारतीय मुद्रा लिने गरेको थियो । उनको दाइ मोहम्मद तबरेज पनि लामो समयदेखि यस धन्धामा संलग्न थियो । 
 

आईबी तथा अन्य सुरक्षा निकायले पनि परवेजलाई सोधपुछ गरिरहेको बताइएको छ । 

ठूलो संख्यामा नक्कली नोट यसरी फेला परेपछि नेपाल भारत सीमामा निगरानी बढाइएको छ । सुरक्षा संवेदनशीलता रहेका क्षेत्रमा २४ घन्टा नै गश्ती भइरहेको भारतीय सुरक्षाकर्मीहरूले जनाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्