१९ असार २०८३, शुक्रबार

सभामुख सापकोटाले गरे संसद भवन अवलोकन

फागुन १८, २०७७
सभामुख सापकोटाले गरे संसद भवन अवलोकन

फागुन २३ गतेका लागि आह्वान भएको प्रतिनिधिसभा अधिवेशनको पूर्व सन्ध्यामा सभामुख अग्नि सापकोटाले संसद भवनको अवलोकन गरेका छन् ।

मंगलवार दिउँसो संघीय संसद भवन नयाँबानेश्वर पुगेर सभामुख सापकोटाले सातौं अधिवेशनको बैठकका लागि भइरहेको तयारीबारे स्थलगत अवलोकन गरेका सभामुखका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा अधिवेशन फागुन २३ गते बस्ने गरी आह्वान भइसकेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको निर्णयलाई सर्वाेच्च अदालतले बदर गरिदिएपछि अदालतकै आदेशको समयसीमाभित्र अधिवेशन आह्वान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्