१७ असार २०८३, बुधबार

‘मोटिभेसनल स्पिकर’ सृष्‍टि केसी अब काँचको पर्दामा

फागुन १८, २०७७
‘मोटिभेसनल स्पिकर’ सृष्‍टि केसी अब काँचको पर्दामा

मोटिभेसनल स्पिकरको रुपमा चर्चा कमाएकी ‘ब्लाइण्ड रक्स्’ सृष्‍टि केसी टेलिभिजन प्रस्तोताको रुपमा उदाएकी छिन्। मर्यादा मिडिया प्रालिको प्रस्तुती टेलिभिजन कार्यक्रम ‘सृष्टिसँग दृष्टि’ लिएर उनी काँचको पर्दामा देखा पर्न लागेकी हुन्।

विभिन्न उतार चढाव र संघर्षलाई चिर्दै सार्वजनिक जीवनमा योगदान पुर्याएका व्यक्तिहरूलाई पर्दामा उतारेर समाजलाई अझ प्रेरणा दिने विषय वस्तुमा आधारित टक शोको प्रस्तोता हुन पाँउदा आफू झनै रोमाञ्चित भएको केसीको प्रतिकृया छ।

टेलिभिजन कार्यक्रमको प्रस्तोताका रुपमा अनुबन्ध भएपछि उत्साहित हुँदै उनले भनिन्, ‘डान्सिङ रियालिटी शोमा पनि मैले उत्कृष्ट प्रस्तुति गरेर दर्शकको मन जितेँ, ‘मोटिभेसनल स्पीच’ त अन्तराष्ट्रिय रुपमा मैले कमाएको ख्याती नै हो, अब टक शो मेरो ठूलो चुनौती हुन सक्छ, तर म तपाईंहरुलाई निराश बनाउँदिन, सफल बनाई छाड्छु।’  

उनले थपिन्, ‘म आँखा देख्दा कहिल्यै फर्स्ट भइन, तर दृष्टिविहीन भएपछि कहिल्यै सेकेन्ड हुनु परेको छैन।’टेलिभिजन कार्यक्रम उत्पादक कम्पनी मर्यादा मिडियाका कार्यक्रम प्रमुख श्याम नेपाल सृष्टिलाई पर्दामा उतारेर समाजको संघर्षको कथालाई बाहिर ल्याउन पाउँदा आफू उत्साहित रहेको बताउँछन्।

उनले ‘सृष्टिसँग दृष्टी संवाद’ एउटा महत्वपूर्ण र इतिहास लेखिने कार्यक्रम बनाइने बताए। ‘सृष्टिको मेहनत र हाम्रो सत्प्रयासले कार्यक्रमको उचाइ बढ्नेमा हामी ढुक्क छौं’, कार्यक्रमको निर्देशक समेत रहेका नेपालले बताए। कार्यक्रम नयाँ वर्ष २०७८ सालको दोश्रो सातादेखि राष्ट्रिय टेलिभिजनबाट प्रशारण गरिने मर्यादा मिडियाले बताएको छ। कार्यक्रमको ५ अंक छायाँकन गरिसकिएको छ। कार्यक्रमका मुख्य तथा सहायक प्रायोजकहरू अनुबन्ध गरेलगत्तै पत्रकार सम्मेलन मार्फत कार्यक्रमको विस्तृत जानकारी दिइने मर्यादा मिडियाले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्