काठमाडौँ, ८ जेठ - आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम जेठ ११ गते व्यवस्थापिका संसद्मा पेस हुने भएको छ ।

सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नीति तथा कार्यक्रम पेस गर्नेछिन् । संवैधानिक व्यवस्था अनुसारका सरकारको वार्षिक नीति कार्यक्रम राष्ट्रपतिले पेस गर्ने अभ्यास छ, आजको गोरखापत्रमा खबर छ ।