१३ असार २०८३, शनिबार

१९ वर्षीया युवतीमाथि बलात्कारको आरोपमा १ युवक पक्राउ

फागुन २०, २०७७
१९ वर्षीया युवतीमाथि बलात्कारको आरोपमा १ युवक पक्राउ
प्रतिकात्मक तस्वीर

सप्तरीमा १ वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय १ युवकलाई प्रहरीले बिहीवार पक्राउ गरेको छ ।

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।  

उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए । आमासँगै जिल्ला प्रहरी कार्यालय पुगेकी पीडितले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले गत माघ ९ गते दर्ता गरेको थियो ।

खडक–६ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको आँपका बगैंचामा विक्रम संवत् २०७६ फागुन १० गते आरोपितले बलात्कार गरेको पीडितले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्