२१ असार २०८३, आइतबार

महालक्ष्मी विकास बेैंकले विद्यार्थीहरूलाई बाँड्यो विद्यालय पोशाक

फागुन २०, २०७७
महालक्ष्मी विकास बेैंकले विद्यार्थीहरूलाई बाँड्यो विद्यालय पोशाक

महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिका–४, दोगहरामा रहेको दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत २७० जना बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरेको छ ।

नगरपालिका वडा नं. ४ का अध्यक्ष मुक्ति यादव र बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले अभिभावकहरूलाई पोशाक वितरण गरेका थिए । 

उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिती रहेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्