२१ असार २०८३, आइतबार

संसद् सचिवालयलाई प्रचण्डको पत्र– 'ओलीले गरेको काम कारवाहीलाई वैधता नदिइयोस्'

फागुन २०, २०७७
संसद् सचिवालयलाई प्रचण्डको पत्र– 'ओलीले गरेको काम कारवाहीलाई वैधता नदिइयोस्'
फाइल फोटो

नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री एवं अर्को पक्षको नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गरेका कामकारवाही र सिफारिशलाई मान्यता नदिन आग्रहसहित संसद् सचिवालयलाई पत्र लेखेका छन् ।

प्रचण्ड-नेपाल पक्षका सांसद देव गुरुङसहित केही सांसद पत्र बोकेर संसद् सचिवालय पुगेका थिए ।

पत्रमा पार्टीले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई दलको नेताबाट र केन्द्रीय कमिटीबाट कारवाही गरेर हटाएकाले उनले दलको नेताको हैसियतमा गरेका कुनै पनि कामकारवाही मान्य नभएको उल्लेख गरिएको गुरुङले लोकान्तरलाई जानकारी दिए ।

'ओली पार्टी सदस्य नै नरहेको अवस्थामा संसदीय दलको नेताको रूपमा रहन नसक्ने कुरातर्फ संसदीय दल र सम्बन्धित सबैमा ध्यान आकर्षित गराउन चाहन्छु,' प्रचण्डले लेखेको पत्रमा उल्लेख छ ।

प्रचण्डको पत्रमा संसद् सचिवालयका महासचिवलाई सम्बोधन गरिएको छ ।

प्रतिनिधि सभा विघटन भएपछि बहुमत केन्द्रीय कमिटीको बैठकले ओलीलाई कारवाही गरेर पार्टीबाट निष्काशन गरेको थियो ।

केही दिनअघि ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए ।

पत्रमा ओलीले संसदीय दलको नेताको हैसियतमा गरेका काम कारवाहीलाई मान्यता नदिन आग्रह गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्