२९ असार २०८३, सोमबार

म्यान्मार : टिकटक भिडियो बनाएर सेनाले दियो प्रदर्शनकारीहरूलाई धम्की

फागुन २०, २०७७
म्यान्मार : टिकटक भिडियो बनाएर सेनाले दियो प्रदर्शनकारीहरूलाई धम्की

म्यान्मारमा सेनाले कू गरेपछि देशमा तनावको स्थिति छ । 
 

कूविरुद्ध दिनदिनै प्रदर्शन भइरहेको छ । सेनाले टिकटकमा भिडियो बनाएर प्रदर्शनकारीहरूलाई धम्की समेत दिइरहेको छ । तर पछि उसले टिकटक भिडियो हटाउने निर्णय लियो । 

अनि म्यान्मारका १९ जना प्रहरी अधिकृतहरू भागेर भारतको मिजोरम आएका छन् । मिजोरमको चम्पई र सेरछिपमा उनीहरू शरणार्थी बनेर लुकेका छन् । 

संयुक्त राष्ट्रसंघका अनुसार, बुधवार मात्र सुरक्षाकर्मीहरूले ३८ जना प्रदर्शनकारीको हत्या गरेका छन् । 

अनि टिकटकमार्फत ज्यान मार्ने धम्की पनि उनीहरूले दिइरहेका छन् । डिजिटल अधिकार समूह म्यान्मार आईसीटी फर डेभलपमेन्टले सेनालाई समर्थन गर्ने ८०० भन्दा बढी भिडियो फेला पारेको बताएको छ । तिनमा धम्की दिएको सुनिन्छ ।

टिकटकमा शेयर गरिएको भिडियोमा सेनाले भनेको सुनिन्छ, ‘म आज राति शहरभरि गश्ती गर्छु । जसलाई देख्छु, त्यसलाई गोली हान्छु । तपाईंलाई शहीद बन्न मन छ भने म इच्छा पूरा गर्छु ।’

तर व्यापक आलोचना भएपछि टिकटकले यस्ता भिडियोहरू हटाएको छ र अकाउन्ट पनि बन्द गरिदिएको छ । 
 

फेसबूकले पनि म्यान्मार सेनाका सबै पेजहरूमा प्रतिबन्ध लगाएको छ । 

लोकतन्त्र समर्थकहरूले टिकटक र फेसबूक लगायतका सामाजिक सञ्जाल याप डाउनलोड गर्दै ह्याशट्याग सेभम्यान्मार अभियान चलाइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्