२३ जेठ २०८३, शनिबार

बालुवाटारमा प्रधानमन्त्री ओलीसँग विप्लवको भेट

फागुन २१, २०७७
बालुवाटारमा प्रधानमन्त्री ओलीसँग विप्लवको भेट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा पुगी विप्लवले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । 

उनीसँगै विप्लव समूहको तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा, सदस्य उदयबहादुर चलाउने लगायतका नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटेका हुन् ।

सरकारसँगको वार्ता सफल भएपछि विप्लव दुई वर्षपछि सार्वजनिक कार्यक्रममा देखिन लागेका छन् । त्यसका लागि राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम राखिएको छ ।

कार्यक्रमलाई प्रधानमन्त्री ओलीसँगै विप्लवले पनि सम्बोधन गर्नेछन् ।

गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी वार्ता टोलीसँग विप्लव समूहले हिजो ३ बुँदे सहमति गरेको थियो । 

त्यही सहमतिमा हस्ताक्षर र नेताहरूले सम्बोधन गर्ने गरी सभागृहमा विशेष कार्यक्रम आयोजना गरिएको हो ।


 

salt training

कमेन्ट गर्नुहोस्