२३ असार २०८३, मंगलबार

काँग्रेसका २९  सांसदले बोले संसदीय दलमा, निकालियो यस्तो निष्कर्ष

फागुन २१, २०७७
काँग्रेसका २९  सांसदले बोले संसदीय दलमा, निकालियो यस्तो निष्कर्ष

नेपाली कांग्रेसले मुलुकको वर्तमान समसामयिक राजनीतिक विषयमा उचित समयमा उचित निर्णय लिने जनाएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले सांसदका धारणाअनुसार पार्टीले संसद्लाई नियमितरुपमा सञ्चालन गर्न, राजनीतिक समस्यालाई निकास दिन र संविधानलाई बलियो बनाउन उचित निर्णय लिने निष्कर्ष निकालेको हो ।

यही फागुन २३ गतेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकमा संसद्भित्र सत्ता पक्ष कसरी प्रस्तुत हुन्छ, त्यसलाई समीक्षा गरेर पार्टीले उचित निर्णय लिने कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । बैठकमा २९  सांसदले धारणा राखेका थिए । 

सत्ता समीकरणमा कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कुन पक्षसँग सहकार्य गर्छ भन्ने जिज्ञासामा उनले कांग्रेसले राजनीतिक पक्ष विपक्षभन्दा पनि जनताको र संविधानको रक्षा तथा लोकतान्त्रिक मूल्यमान्यताको सम्बद्र्धनलाई महत्व दिएको बताए ।    

बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्