२९ जेठ २०८३, शुक्रबार

'शान्तिपूर्ण राजनितीमा आएर मात्रै हुँदैन, विप्लवले हतियार पनि बुझाउनु पर्छ'

फागुन २१, २०७७
'शान्तिपूर्ण राजनितीमा आएर मात्रै हुँदैन, विप्लवले हतियार पनि बुझाउनु पर्छ'


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विद्रोही पक्ष नेकपा विप्लव समूह शान्ति र स्थायित्व कायम गर्न मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य भएको बताएका छन् । उनले विद्रोही पक्षले शान्तिप्रक्रियामा आएको विश्वास दिलाउन आफूसँग भएका हातहतियार राज्यलाई बुझाउनु पर्ने पनि बताए ।

अध्यक्ष थापाले शान्तिपूर्ण राजनितीमा आएँ भन्दैमा हुँदैन, प्रतिबन्धित भएकाले हतियार बुझाएर शान्तिपुर्ण राजनीतिमा आएको विश्वास दिलाउन सक्नुपर्ने बताए ।

बुटवलमा आजदेखि शुरु भएको सा पार्टी निकट पत्रकारको संगठन मिडिया नेपालको राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष थापाले शान्ति र स्थायित्वका लागि राज्यपक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्