२६ जेठ २०८३, मंगलबार

...तर म अहिले प्रधानमन्त्रीको दौडमा छैन : देउवा

फागुन २२, २०७७
...तर म अहिले प्रधानमन्त्रीको दौडमा छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमाा नरहेको बताएका छन् । 

शनिवार बुढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन गर्दै उनले प्रधानमन्त्रीको दौडमा आफू नरहेको स्पष्ट पारेका हुन् । 

कार्यक्रममा उनले भने, ‘हेर्नुस्, प्रमुख प्रतिपक्षी दलको नेता भनेको वेटिङ प्राइममिनिष्टर हो, तर म अहिले यो दौडमा छैन ।’

उनले नेकपाभित्रको आन्तरिक विवादमा पक्ष विपक्षमा नउभिने बताए ।

उनले भने, ‘यो उनीहरुको आन्तरिक कुरा हो, हामीले त्यसमा पक्ष विपक्षमा उभिदैनौँ, संसदमा उनीहरु कसरी प्रस्तुत हुन्छन्, कांग्रेसले त्यही बेला उपयुक्त निर्णय गर्छ।’

salt training

कमेन्ट गर्नुहोस्