११ असार २०८३, बिहीबार

क्लासमा टीचरले हप्काएपछि बाटोमा ढुकेर गोली प्रहार

फागुन २९, २०७७
क्लासमा टीचरले हप्काएपछि बाटोमा ढुकेर गोली प्रहार

भारतको गाजियाबादमा रहेको मुरादनगरमा एक निजी विद्यालयमा शनिवार शिक्षकमाथि गोली प्रहार गरिएको छ ।

कक्षा १२ चलिरहँदा एक विद्यार्थीले अन्य विद्यार्थीमाथि दुर्व्यवहार गरेपछि शिक्षकले हप्काएका थिए । 

हप्काइ खाएका विद्यार्थीले आफ्ना दुई साथीहरूसँग मिलेर सचिन त्यागी नामक शिक्षकलाई कृष्ण विद्या निकेतन विद्यालयको गेट नजिक ढुकेर बसेका थिए । कक्षा सकिएर त्यागी विद्यालयबाहिर मोटरसाइकलमा निस्कँदा विद्यार्थीले गोली प्रहार गरेका थिए । सीसीटीभी फूटेज हेर्दा त्यागीलाई अलिकतिले गर्दा गोली नलागेको देखिन्छ । 

‘आरोपित विद्यार्थी र उनका दुई साथीहरू गेटभन्दा १५० मिटर पर बसेका थिए । उनीहरूले शिक्षकको बाइक रोके र गोली प्रहार गरे,’ एसपी इराज राजाले बताए । 

गोली प्रहार गरेपछि तीनै विद्यार्थी स्कूटर छोडेर त्यहाँबाट भागे । 
 

त्यागीलाई गोली लागेन अनि विद्यार्थीहरू भागेपछि उनी बाइक लिएर घर गए । 

घटनाको एक घन्टापछि प्रहरी कार्यालय पुगेका त्यागीले आफूलाई गोली लागेको भनी दाहिने हातको घाउ देखाए । उनले विद्यार्थी तथा उनका साथीहरूका विरुद्ध ज्यान मार्ने प्रयासको उजुरी दिएका छन् । 

प्रहरीले उजुरी दर्ता गरेको छ । एसपी इराज राजाले शिक्षकलाई गोली नलागेको सीसीटीभी फूटेजबाट देखिने र चोटको निशान उनी आफैंले बनाएको हुन सक्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्