२७ जेठ २०८३, बुधबार

माधव नेपालले बोलाए आफूनिकट केन्द्रीय सदस्यको भेला

फागुन २६, २०७७
माधव नेपालले बोलाए आफूनिकट केन्द्रीय सदस्यको भेला
फाइल फोटो

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूको अनौपचारिक भेला बोलाएका छन् ।

बुधवार अपराह्न ४ बजे बानेश्वरको एक होटलमा नेता नेपालनिकट केन्द्रीय सदस्यहरूलाई बोलाइएको हो । 

केन्द्रीय सदस्य ठाकुर गैरेले आफूलाई उपस्थितिका लागि सूचना आएको लोकान्तरलाई बताए । 

'यसो सानोतिनो छलफल होला,' उनले भने, 'मलाई पनि सूचना आएको छ । कुन विषय र सन्दर्भ हो, थाहा छैन ।'

एमालेमै रहेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संघर्ष गर्ने निष्कर्षसहित नेता नेपाल लगायतका नेताहरू एमालेमै फर्किएका थिए । 

अनौपचारिक भेलामा नेता नेपालले अबको रणनीति बनाउन सल्लाह लिने तयारी गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्